काठमाण्डु, २५ जेठ– मकवानपुरमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३ वर्षीया निर्मला अधिकारी रहेकी प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बिहान सवा ९ बजे मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन ।
दुर्घटनामा मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका वडा नम्बर ११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र मोटरसाइकल पछाडि सवार ३३ वर्षीया निर्मला अधिकारी घाइते भएका थिए ।
उनीहरू दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा अधिकारीको पौने ११ बजे मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिएका छन ।