काठमाण्डुका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने

काठमाण्डु टुडे २०८१ जेठ २५ गते ११:३० मा प्रकाशित

काठमाण्डु, २५ जेठ– आज शुक्रबार काठमाण्डुको विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । वितरण लाइन भूमिगत कार्य भइरहेकोले विद्युत् सेवा अवरुद्ध हुने नेपाल बिद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै आइतबारदेखि कीर्तिपुर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य सुरु हुने जानकारी दिएको छ ।

यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा फरक फरक दिन बिहान ११ बजेदेखि दिउँसो ३ः ०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us