८४ मा कांग्रेस एक्लै चुनाव लड्छ: कांग्रेस नेता निधि

काठमाण्डु टुडे २०८१ जेठ २५ गते १०:४८ मा प्रकाशित

काठमाण्डु,  २५  जेठ– कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र वितृष्णा पैदा भएको दाबी गरेका छन । पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभर नै छलफल र भेटघाटको काम अघि बढाइएको पनि उनले बताएका छन ।

आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता निधिले यस्तो बताएका हुन । उनले भने, ‘पार्टीभित्रको समस्याहरू समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।’

उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताएका छन । उनले थपे, ‘विचार केन्द्रित राजनीति गर्न आवश्यक छ, त्यसो गरेको खण्डमा समाधान हुन्छ ।’

उनले पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी अग्रसर हुने बताए ।

निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताएका छन ‌। उनले यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गए पनि त्यो टिक्न नसकेको उनले बताए ।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us