काठमाण्डु, २२ जेठ– रास्वपाकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन ।
आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन । उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन ।
सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारले ढिलाइ गर्न नहुने पनि बताएकी छन ।
उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई आग्रह गरेकी छन । उनले भनीन्, ‘स्वस्थ्य क्षेत्रमा आम नागरिकको पहुँचका लागि स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनुपर्छ ।’