आन्ध्र प्रदेश विधान सभामा सत्तारूढ वाइआरएस कंग्रेसलाई झट्का, टिडिपी अगाडि

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १६:०० मा प्रकाशित

एजेन्सी– छिमेकी देश भारतमा लोकसभा चुनावको मतगणना जारी छ । जारी मतगणनामा आन्ध्र प्रदेश विधान सभामा सत्तारूढ वाइआरएस कंग्रेसलाई झट्का लागेको छ ।

अघिल्लो विधानसभा चुनावमा १७५ मध्ये १५१ सिटमा जित निकालेको वाइआरएस कंग्रेसले यसपालि ठूलो हार ब्यहोर्ने भएको छ । अहिलेसम्मको परिणाम अनुसार आन्ध्र प्रदेश विधानसभामा तेलुगु देसम पार्टी (टिडिपी)ले तीन चौथाइ मत प्रप्त गर्न सफल भएको छ ।

आन्ध्र प्रदेशमा टिडपी नेतृत्वको गठबन्धनले १३ सिट जितिसकेको छ भने गणना भइरहेकोमध्ये १२० सिटमा अग्रता लिइरहेको हिन्दुस्तान टाइम्सले उल्लेख जानकारी दिएको छ ।

यसपालि गठबन्धन गरेपनि टिडिपीले १४४ सिटमा पार्टीको उम्मेदवार उठाएको थियो। सन् २०१९ मा सबै ठाउमा उम्मेदवारी दिएको टिडिपीले २३ सिटमात्रै जित निकालेको थियो । टिडिपीसँग गठबन्धनमा रहेको कलाकाल पवन कल्याण नेतृत्वको जनसेना पार्टीले पनि २ सिट जितेको छ।

जनसेना पार्टीले २१ सिटमा उम्मेदवारी दिएको थियो । बाँकी १८ सिटमा अग्रता लिएको छ । भाजपाले १० सिटमा उम्मेदवारी दिँदा १ सिटमा विजयी र ८ सिटमा अग्रता लिइरहेको छ।

सत्तारूढ वाइएसआर कंग्रेसले १४ सिटमा मात्रै अग्रता लिएको हिन्दुस्तान टाइम्सले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us