लमजुङ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १४:५३ मा प्रकाशित

 

काठमाण्डु, २२ जेठ– लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको छ ।

मंगलबार राति ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर ३.७ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us