प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई कांग्रेस सांसद प्रदीप पौडेलका प्रश्न

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेस सांसद प्रदीप पौडेलले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई विभिन्न विषयका प्रश्न गर्दै संघीय संसद सचिवालयमा सूचना दर्ता गराएका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई सांसद पौडेलका दुई–दुई वटा प्रश्न रहेको छ । प्रधानमन्त्रीलाई सांसद पौडेलले सोधेका प्रश्न यस्ता छन् ।

पहिलोस् एक पाउण्ड या एक डलरका कम्पनीसँग सरकारले ठूला–ठूला खरिद सम्झौता गर्नुको कारण के हो ? खरिद सम्झौता हुनुपूर्व कम्पनीको विश्वसनीयता नहेरी सम्झौता गर्नेलाई कारबाही गर्ने नीतिगत योजना सरकारसँग छ कि छैन ?

वाइड बडी, ऐनसेल सेयर खरिद–बिक्री एक पाउण्डको कम्पनी भएको) दोस्रो बहालवाला र अवकाश पाएलगत्तै संवैधानिक अंग वा राजदूत नियुक्त हुनु र विदेशी एजेन्सीमा परामर्शदाता बन्नुलाई स्वार्थको द्वन्द्व हुन सक्ने सवालमा सरकार कत्तिको संवेदनशील छरु यसमा कुलिङ पिरियडु हुनुपर्छ भन्ने सरकारलाई लागेको छ कि छैन ?

लागेको छ भने कस्ता खालको नीति र कानुन निर्माण गर्ने सोचमा सरकार छ ? (बहालवाला सचिव हुँदै तोयम राय महालेखा परीक्षक बन्नु, अवकाश पाएलगत्तै प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख बन्नु) साथै सांसद पौडेलले संसदका महासचिवको नागरिकताबारे र गृहमन्त्री लामिछानेसँग सम्बन्धित प्रश्न गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us