दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– आज (मंगलबार) बिहान दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार बिहान १०: ३४ मा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

हिजो राति पनि लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रबिन्दु भएर सोमबार राति ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ८ बजेर ३८ मिनेटमा भूकम्प महसुस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us