नवलपरासीमा हावाहुरीले ढालेको रुखले च्यापिएर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २२ गते १३:१९ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– केहीबेर हावाहुरीसहित वर्षात हुँदा नवलपरासीमा हावाहुरीले ढालेको रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– १२ का ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन । घटना बारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us