गिरिबन्धु टी–स्टेटबारे ओलीको जवाफ: बालेनलाई सोध्नुस्

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनलाई सोध्न आग्रह गरेका छन् ।

आज (सोमबार) संसद् भवन बाहिर गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले मेयर साहलाई सोध्न आग्रह गरेका हुन् ।

मेयर साहले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनू चेतावनी दिएका थिए । त्यसको जवाफमा अध्यक्ष ओलीले यस्तो बताउका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us