एमाले मकवानपुर अध्यक्षमा ओली समर्थन रहेका स्याङ्तानलाई पराजित गर्दै एकीकृत समाजवादीबाट फर्किएका श्रीधर पोखरेल निर्वाचित

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १६:०२ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– एमाले मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन । उनले ३ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी इन्द्रमान स्याङतानले २ सय ६२ मत मात्र प्रप्त गर्न सफल भएका थिए । अध्यक्षमा निर्वाचित भएका पोखरेल एकीकृत समाजवादीबाट एमाले फर्किएका थिए ।

उनलाई बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजित भएका कृष्ण दाहालले समर्थन रहेको थियो । स्याङ्तानलाई निवर्तमान जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, डोरमणि पौडेलका साथै जिल्ला पार्टी इन्चार्ज देवी ज्ञवालीको पनि समर्थन रहेको थियो ।

स्याङतानलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेतको समर्थन रहेको नेताहरूले बताएका छन । उपाध्यक्षमा हिदम लामा निर्वाचित भएका छन्। उनले ४७६ मत ल्याए ।

लामा भिमफेदी गाउँपालिकाका अध्यक्ष पनि हुन् । उनका निकटतम प्रतिस्पर्धी सुनील मोक्तानले १ सय ९७ मत प्रप्त गरेका छन । सचिवमा सीता विष्ट निर्वाचित भइन् ।

उनले २९७ मत पाउँदा निकटतम प्रतिस्पर्धी मदन दाहालले २ सय ५५ मत पाए । खुला उपसचिव फुर्वा दोर्जे लामा २ सय ४१ मत ल्याएर निर्वाचित भए । महिला उपसचिव आरती पाठक २४१ मतसहित निर्वाचित भएकी छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us