काठमाण्डु, २१ जेठ– प्रहरीले फिल्म निर्देशक सुदर्शन थापा पक्राउ गरेको छ । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एक अधिकृतले जानकारी दिएका छन । पक्राउ बारे थप विवरण आउने क्रममा रहेको छ ।