पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– पोखरामा टिप्पर र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल रहेका छन । यस्तै दुर्घटनामा अर्का एक जना घाइते छन् ।

पोखरा–१३ गौडाको मुखमा ग–१ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा १४ चाउथेका २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा–१३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएका थिए ।

घाइते रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक कार्यालयका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us