गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १२:४१ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– गुल्मीको पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटनामा परेको हो ।

सोमबार बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन ।

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us