काठमाण्डु, २१ जेठ– प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका छन् । आज सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सहकारीको रकम हिनामिना र अपचलनको छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता र छलफल भएको हो ।
तीन नेताबिच बजेट र छानबिन समितिको कामकारवाहीबारे छलफल भएको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ ।