काठमाण्डु, २० जेठ– पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो १० औँ राष्ट्रिय महाधिवेशनको लागि लोगो सार्वजानिक गरेको छ ।
आज (आइतबार) एकीकृत समाजवादीको मुख्याल आलोकनगरमा पत्रकार सम्मेलन गरी महाधिवेशनको लोगो सार्वजनिक गरीएको हो ।
लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख गरीएको छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाण्डुमा हुदँै छ ।