सन्दीपको भिसा पुनः अस्वीकृत, विश्वकप खेल्ने सपना टुट्यो

काठमाण्डु टुडे २०८१ जेठ १७ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १७ जेठ– क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा पुनः अस्वीकृत भएको छ । अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको खेलकुद मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो । अब भिसा नपाएपछि सन्दीपको विश्वकप खेल्ने सपना टुटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us