वैदेशिक रोजगारीबाट फर्केकाहरुको श्रम र सीप उपयोग गर्छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८१ जेठ १७ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,  १७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको श्रम र सीप उपयोग गरी उद्यमशीलता विकास गर्ने बताएका छन ।

आज (बिहिबार) श्रमाधान रोजगार मेलाको विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले त्यसकै लागि एक लाख रिटर्नीलाई स्वरोजगार बनाउने घोषणा बजेटमा गरिएको बताएका छन ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुको ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने प्रधानमन्त्री प्रचण्डले बताएका छन ।

उनले रेमिट्यान्सबाट अर्थतन्त्रको उत्पादनशीलता वृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको पनि बताएका छन ।

उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि वृद्धि गर्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘सरकारले श्रमिकहरू समस्यामा परेपछि होइन, श्रममा प्रवेश गर्न चाहनेहरूको सीप तथा क्षमता अभिवृद्धि गरेर प्रतिस्पर्धी बनाउनेसमेत लक्ष्य राखेको छ’, उनले भने, ‘यसको कार्यान्वयनले श्रममा प्रवेश गर्न चाहने धेरै युवा प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us