लिबिया द्वन्द्वमा सय बढी नेपाली सम्पर्कविहीन

काठमाण्डु टुडे २०७१ साउन २९ गते १:३५ मा प्रकाशित

काठमाण्डु, २९ साउन–द्धन्द्धग्रस्त लिवियाबाट आफ्ना नागरिक उद्धार गर्न भारत, पाकिस्तान, श्रीलंका, फिलिपिन्सलगातकाले सक्रियता देखाए पनि नेपाल भने अझै अनिर्णयमै छ ।
त्यहाँ सयभन्दा बढी नेपालीपर्कविहीन छन् ।
उत्तर अफ्रिकी मुलुक लिवियामा द्वन्द्व चर्किएपछि पछिल्लो साता मात्रै भारतले चार्टड विमानबाट १ हजारभन्दा बढी नर्सलगायतका कामदार घर फर्काइसकेको छ ।

लिवियाको राजधानी त्रिपोलीसहित सबै भागमा हवार्इ सेवा अवरुद्ध भएका कारण विभिन्न १० देशले आफ्नै पहलमा नागरिकको उद्धार गरेका हुन् । त्यहाँ अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आइओएस० को पनि उपस्थिति छैन ।
‘हामीले त्रिपोलीस्थित भारतीय दूतावासलाई पनि अनुरोध गर्यौं,’ त्रिपोलीबाट ६ सय किलोमिटर दूरीको सिर्तेस्थित कम्पनी बन्द भएपछि सुरक्षित क्याम्प खोज्दै हिँडेका सुनसरीका गोपाल धमलाले फोनमा भने,‘ तर नेपाल सरकारले नेपालीको उद्धारका लागि समन्वय गर्न भारतलाई अनुरोध नगरेका कारण सहयोग पाउन सकेका छैनौं ।’
दुई साताअघि त्रिपाली पुगेका धमलाका साथ दुसान ह्याभी इन्डष्ट्रिज एन्ड कन्स्ट्रक्सनमा कार्यरत १ सय २६ नेपाली कामदार थिए । तर घर फिर्ती टिकटसमेत जुटाउन नसकी तीमध्ये ७५ जना भागेर सम्पर्कविहीन भएको धमलाले बताए ।

५१ जना बुधबार राति त्रिपोलीबाट हजार किलोमिटर टाढा ट्युनिसिया पुगेका छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us