
काठमाण्डु, ७ जेठ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ ।
उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् ।
यस्तै आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।