
काठमाण्डु, ७ जेठ– प्रहरीले पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
मगरले प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा प्रहरीले सोमबार बिहान पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन ।
प्राइम सहकारीबाट एक अर्ब ५४ करोडभन्दा बढी हिनामिना भएकोमा धेरै ठूलो रकम अपचलनमा मगरको पनि संलग्नताका देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको एसपी थापाले जानकारी दिएका छन । सहकारी रजिस्टायको कार्यालय गण्डकीले गराएको वित्तीय विश्लेषण र रायसहितको प्रतिवेदनकै आधारमा प्रहरीले गत मंगलबार पीडित बचतकर्ता तथा सेयर सदस्यलाई उजुरी गर्न आह्वान गरेर प्रमुख कार्यकारी अधिकृत पौडेल, व्यवस्थापक थापा, सञ्चालक समितिका अध्यक्ष शंकर कार्कीलगायत ८ जनालाई प्रक्राउ गरेको थियो ।
उत्तम मगरसहित पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सल्लाहकारका नाममा सहकारीबाट पैसा चलाउनेदेखि ऋणीबाट पैसा उठाउने, जग्गा लिइदिनेसम्ममा संलग्न भएका मनबहादुर गुरुङ र सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
सहकारीको रकम हिनामिनामा सोमबार बिहान पक्राउ परेका उत्तम मगरले नाममा १३ करोड ७७ लाख २३ हजारमा काल्पनीक कर्जाको हिसाब समायोजन गरेपश्चात १३ करोड ४७ लाख २३ हजार असुल हुनुपर्ने राय प्रतिवेदनले दिएको छ ।