काठमाण्डृु, २७ साउन– प्रधानमन्त्री सुशील कोइरालाले मुलुक गम्भीर संक्रमणकालीन अवस्थामा रहेकाले सरकार त्यसलाई विचार गरेर काम
गरिरहेको बताएका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले काम गरिरहेको भए पनि अनावश्यक टिकाटिप्पणी भइरहेको भन्दै आफूले सरकार प्रमुखका रुपमा सबै काम गररिहरको भए पनि मिडियाले अनावश्यक प्रचार गरिरहको आरोप लगाए ।
सरकारको कामकारबाही र आफ्नो स्वास्थ्यबारे सञ्चार माध्यमले अनर्गल प्रचार गरेको उनको आरोप थियो । ‘सरकारले संक्रमणकालको ख्याल गरेर काम गरिरहेको छ’, कोइरालाले भने, ‘तर मिडियाले मेरो स्वास्थ्य र सरकारको कामबारे गलत प्रचार गरिरहका छन्, त्यसबाट दु:खी छु ।’
फोक्सोको क्यान्सरको अमेरिकामा उपचार गराएर फर्किएका कोइराला चिकित्सकको सल्लाहमा बालुवाटारमा आराम गरिरहेका छन् ।