
काठमाण्डु, ६ वैशाख– एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन ।
तीव्र गतिका बलर ओमैद रहमानको चौथो ओभरको तेस्रो बलमा आसिफ शेख ११ बलमा १ छक्कासहित ८ रनमा एलबीडब्लू बाट उनी आउट भएका हुन ।
त्यसअघि तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका थिए ।
अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै १२ रन बनाउन सफल भएको छ । जारी खेलमा रोहित पौडेल ९ बलमा २ र सन्दीप जोरा क्रिजमा रहेका छन ।