
काठमाण्डु, ६ वैशाख– एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन । अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ ।
जारी खेलमा नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा रहेका छन ।