६० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

काठमाण्डु टुडे २०७१ साउन २७ गते ६:२६ मा प्रकाशित

गुल्मी, २७ साउन – गुल्मीमा ६० वर्षीया वृद्धालाई  बलात्कारपछि एक व्यक्तिले मारिदिएका छन् ।

ठूलोलुम्पेक गाविस  १ घर भई अर्बेनी – २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस  ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् ।

गत साउन २२मा हत्या गरी फरार भएका थापालाई स्थानियको सहयोगमा प्रहरीले पक्राउ गरेको प्रहरी नायब निरीक्षक राजकुमार लम्सालले जानकारी दिए । थापाले सापकोटालाई कोदालोले हानेर मारेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us