चरीको ‘इन्काउण्टर’ पछि गुण्डाहरुको भागाभाग

काठमाण्डु टुडे २०७१ साउन २७ गते ६:०४ मा प्रकाशित

काठमाण्डु, २७ साउन– गुण्डा नाइकेका रुपमा कुख्याती कमाएका दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएपछि राजधानीमा ‘डन’ का नाममा आतंक मच्चाउनेहरुको भागाभाग मच्चिएको छ ।

dipak-manangeचरी मारिएलगत्तै कसुर बाँकी नरहे/नरहेका डन तथा ‘टोलेदादा’ हरुको भागाभाग भएको हो । डान्सबारको बाउन्सरदेखि रक्तचन्दन ओसापसारमा दख्लल राखी नामसंगै दाम र चर्चा बटुलेका गणेश लामादेखि नेपालमा डनहरुको हाँगा फैलाउने भनेर सिचनिएका दिपक मनाङ्गेसम्म हाल भूमिगत बसेका छन् ।

चरीको प्रहरी ‘इन्काउण्टर’ मा मृत्यु भएपछि डनहरुको भागाभाग सुरु भएको प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले बताए । उनले संगठित अपराधमा संलग्नहरुको खोजीमा प्रहरीले सक्रियता बढाएको जानकारी दिए । ‘संगठित अपराधमा संलग्न व्यक्तिहरुको प्रहरीले पिछा गरिरहको छ’, केसीले भने, ‘प्रहरीको सक्रियातापछि त्यस्ता व्यक्तिहरु भाग्न थालेका छन् भन्ने सूचना आएको छ ।’
डन गणेश लामा यसअघि फरार थिए । काठमाण्डु प्रहरी प्रमुख रमेश खरेलले पक्राउ गरे पनि सार्वजानिक मुद्धामा बाहिर निस्किएका लामा तत्कालै भूमिगत भएका हुन् ।

ganesh-lamaहालै मात्र जेलबाट छुटेका दीपक मनाङगे समेत भूमिगत भएका छन् । सम्पत्ति सुद्धीकरणको मुद्धा खेपिरहेका मनाङ्ले किन लुकिरहेका छन् भन्नेमा प्रहरी नै अलमलमा परेको छ ।  ठमेल क्षेत्रमा साँझ पख सधंै एकहुल ‘केटा’ सहित देखा पर्ने मनाङगे चरी प्रकरणलगत्तै भूमिगत भएका हुन् ।
प्रहरीले कुनै पनि बहानामा फसाउन सक्ने भन्दै मनाङ्गे फरार रहेको उनीनिकट स्रोतको दाबी छ ।
चरीपछि कसको पालो ?
चरीको ‘इन्काउण्टर’ पछि डन दावा लामा र पन्चे लामा प्रहरीको सर्वाधिक खोजीमा छन् । पहिला चरी समूहमै रहेका उनीहरु पछिल्लो समय कुरा नमिलेपछि छुट्टिएका थिए ।  लामाद्वयमाथि दर्जनौं ब्यापारीलाई धम्क्याएर रकम अशुलेको अभियोग छ  । डनका नाममा दादागिरी गर्नेहरुको baghe-lamaभागाभाग भएपछि राजधानीको ठमेल तथा दरबारमार्ग क्षेत्रका व्यापारीहले भने शान्तिको सास लिन पाएका छन् ।

‘डन भन्ने बित्तिकै आफ्नो परेको मूल्यभन्दा पनि कममा सामान दिनुपथ्र्यो’, एक व्यापारीले भने, ‘केहीले त सामान लिएपछि फलानो समूहको मान्छे हुँ, पैसा माग्छन् भन्दै धम्क्याउँथे, चरीको हत्यापछि ढुक्क भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us