सभामुख घिमिरेले गरे संसद अधिवेशन अन्त्यको घोषणा

काठमाण्डु टुडे २०८१ वैशाख २ गते १५:३२ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । आज आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढेर अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य भएको जानकारी गराएका छन ।

उनले भने,‘प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतःअन्त्य हुने जानकारी गराउँदछु ’यसअघि सरकारले आज रातिदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बैठकमा सभामुख घिमिरेले संसदीय काम कारवाही सुनाउँदै ७० दिनमा २३ वटा बैठक बसेको र ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भएको जानकारी गराएका थिए ।

उनले भने,‘ संघीय संसदको हिउँदे तेस्रो अधिवेशन २०८० माग २२ देखि सुरु भई ८१ बैशाख २ गतेसम्म ७० दिन चालु रह्यो जसमध्य २३ दिनहरुमा २३ वटा बैठक बसी ८१ घण्टा ५५ मिनेट संसदीय काम कारवाही भयो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us