राष्ट्रपतिले बिरामी प्रधानमन्त्रीलाई शीतलनिवास बोलाएर यसरी धम्क्याए

काठमाण्डु टुडे २०७१ साउन २७ गते ४:४६ मा प्रकाशित

काठमाण्डु, २७ साउन– सत्तारुढ एमाले र काँग्रेसभित्रकै असन्तुष्ट पक्षले राष्ट्रपति र उपराष्ट्रपति अनुमोदनको बहस चर्काएकामा राष्ट्रपति रामवरण यादव आक्रोशित बनेका छन् ।
rambaran-sushilअस्वस्थ रहेका प्रधानमन्त्री सुशील कोइरालालाई शीतल निवास बोलाएर राष्ट्रपतिले त्यस विषयमा गम्भीर आपत्ति जनाएका हुन् ।

स्रोतका अनुसार यादवले सरकार गठनअघि भएको काँग्रेस–एमाले सात बुँदे सहमतिमा राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउने विषय उल्लेख गरेकामा प्रधानमन्त्रीको सातो खाएका छन् ।

शीतलनिवास श्रोतका अनुसार राष्ट्रपति यादवले सात बुँदे सहमतिलाई असंवैधानिकको संज्ञा दिँदै संसदबाट अनुमोदन गराउने विषयमा एमालेसँग परामर्श गरी जारी विवाद तत्काल रोक्न भनेका छन् ।

‘राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाटअनुमोदखन गराउने सहमति असंवैधानिक छ’, यादवको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो’, ‘तपाईंजस्तो नेताले यस्तो सहमति किन गर्नुभयो ?’ यादवले सात बुँदे सहमति सच्याउन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us