
काठमाण्डु, ३० चैत– आखज शुक्रबार भएको एसिसी प्रिमियर कपमा नेपाललाई मलेसियाले १४४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमरेतमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेटको गुमाउदै १४३ रन बनाउन सफल भएको थियो ।
मलेसियाका लागि कप्तान तथा ओपनिङ ब्याटर वीरन्दीप सिंहले अर्धशतक प्रहार गरे। उनले नटआउट ७२ रन जोड्ने क्रममा ५७ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।
अर्का ओपनर अमिर अजिमलाई दीपेन्द्रसिंह ऐरीले १६ रनमा आउट गर्दा अभिनास बोहराले शर्भिन मुयान्डीलाई ४१ रनमा बनाउन सफल भएका थिए । दीपेन्द्रले सयद अजिजलाई पनि ६ रनमा आउट भएका थिए । दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चिदा २ विकेट लिन सफल भएका थिए । प्रतियोगितको नेपाल साविक विजेता हो ।
प्रतियोगितामा १० टिम सहभागी रहेका छन। समूह ‘ए’ मा रहेको नेपालसँगै समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया रहेका छन । टी–२० फर्म्याटमा हुने कपको आयोजक ओमान समूह ‘बी’ मा छ।
समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन । नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते, तेस्रो खेल हङकङसँग वैशाख ३ गते र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्ने भएका छन । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।