काठमाण्डु, २७ साउन– पार्टी विवाद समाधानको प्रयासमा एकीकृत माओवादीको स्थायी समिति बैठक आज बस्दैछ ।

बैठक अपराह्न तीन बजेपछि लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा बस्ने उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिए ।
नयाँ शक्तिको बहस चलाउँदै आएको नेता बाबुराम भट्टराई पक्षक्षर केन्द्रीय सदस्यद्वय गंगानारायण श्रेष्ठ र रामरिझन यालवलाई निलम्बनको कारबाही गरेपछि माओवादी विवाद उत्कर्षमा पुगेको हो ।
आइतबार बसेको वैचारिक व्यवस्थापन समितिको बैठकले भट्टराई पक्षले समानान्तर कमिटि गठनकार्य रोक्ने र संस्थापनले जिल्लाजिल्लामा जारी प्रशिक्षण कार्यक्रम रोक्ने सहमति भएको थियो ।