महिलालाई बेथा लगाउन खुवाउने औषधि गाई भैंसीलाई

काठमाण्डु टुडे २०७१ साउन २७ गते १:३६ मा प्रकाशित

काठमाण्डु, २७ साउन–लगनखेलको एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि सञ्चालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए ।
गाईभैंसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पर्गान उक्त औषधि प्रयोग हुँदै आएको छ । उसको वास्तविक प्रयोग गर्भवती महिलालाई बेथा लगाउन र बच्चा जन्माइसकेपछि अधिक रक्तस्राव रोक्नका लागि हो ।

स्वास्थ्थलाई हानी पुर्‍याने भएकाले डाक्टरको सिफारिसमा बेच्न पाइँदैन । यही औषधि गाई भैंसीमा प्रयोग गर्दा थुनको मासंपेशीमा कृत्रिम उत्तेजना पैदा भर्इ तत्काल दूध निक्लिन्छ । दुरुपयोगको आधार यही प्रभाव हो ।
अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो । चिकित्सहरुको भनाइमा यसको कृत्रिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिष्कमा रक्तश्राव, रगतमा ढिक्का जम्मा भर्इ नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छ ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us