पोल खुलेपछि मोदीले लगाए जितबहादुरलाई बोल्न प्रतिबन्ध

काठमाण्डु टुडे २०७१ साउन २७ गते ४:०६ मा प्रकाशित

काठमाण्डु, २७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली मर्ध पुत्र जितबहादुर सारुमगरलाई सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएका छन् ।
jitbahadurसञ्चारमाध्यममा जितबहादुर र आफ्ना कुरा बाझिएपछि मोदीले उनलाई सञ्चार माध्यममा नबोल्न निर्देशन दिएका हुन् । मोदीको नेपाल भ्रमणका क्रममा सँगै आएका जितबहादुर अहिले परिवारको साथमा छन् ।

त्यसबेला मोदीले जितबहादुरलाई आफूले १५ पहिलोपटक परिवारको जिम्मा लगाएको बताएका थिए । तर जितबहादुरले सञ्चार माध्यमबाट पछिल्लो तीन वर्षयता आफू तीनपटक नेपाल आइसकेको खुलासा गरे ।

उनले तीन वर्षअघि परिवारका सदस्यसँगै बसेर चिखेको तस्वीर पनि सार्वजनिक भयो । त्यसपछि मोदीले नेपालीको ‘सेन्टिमेन्ट’ लिन मात्र पहिलोपटक परिवारलाई जितबहादुर जिम्मा लगाएको दाबी गरेको भन्दै सञ्चार माध्यममा विरोध भएको थियो ।

नेपाली सञ्चार माध्यमले भन्दा भारतीय सञ्चार माध्यमले यस विषयलाई चर्को रुपमा उठाएका थिए ।  जितबहादुरले पनि आफूलाई नबोल्न भनिएको स्वीकार गरे । ‘मलाई दादाजी (मोदी) ले नबोल्नु भन्नुभएको छ’, जितबहादुरले काठमाण्डु टुडेसँग भने, ‘म सञ्चार माध्यममा बोल्न सक्दिन र बोल्न पनि चहान्न ।’

बोल्न प्रतिबन्ध लगाइनुको कारणबारे भने उनले केही बताउन चाहेनन् ।  यसैबीच भारतीय दूतावासले पनि जितबहादुरलाई नेपाली सञ्चार माध्यममा नबोल्न भनेको छ ।

सोमबार लैनचौरस्थित दूतावास बोलाएर त्यस्तो निर्देशन दिइएको दूतावास स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us