बारा, २६ साउन- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानसभाले जनअपेक्षाअनुसार संविधान जारी गर्ने आशा नरहेको बताएका छन् ।
बारामा सोमबार उनले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान जारी गरिनुपर्ने बताए ।
सर्वपक्षीय सभाबाट सहमति खोज्ने आफ्नो पार्टीको प्रयासमा ठूला दल र सरकारले भाँजो हालेको आरोप लगाए । सर्वपक्षीय राजनीतिक सभाबिना जनताले संविधान पाउन नसक्ने उनको भनाइ थियो ।
संविधान निर्माणका क्रममा संविधानसभाबाहिरका दललाई समेत समेटेर लानुपर्ने बताए ।