
काठमाण्डु, २३ चैत– त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’ ले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालको ‘ए’ टोलीले आफ्नो छैटौँ विकेट गुमाएको छ ।
नेपालले छैटौँ विकेटका रुपमा बसिर अहमदलाई गुमाएको छ । उनलाई ६ रनको ब्यक्तिगत स्कोरमा आयरल्यान्डका बलर थोमस मायसले विकेटकिपर निल रकद्वारा क्याच आउट भएका हुन ।
१३.४ ओभरमा बसिर अहमद आउट हुँदा नेपालले ५० रन बनाउन सफल भएको छ ।