
काठमाण्डु, २० चैत– भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई नेपालले १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो ।
नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट भएका थिए । सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रन बनाउन सफल भएका थिए ।
एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएका थिए ।
अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रन बनाउन सफल भएका थिए ।
भारतका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।