माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

काठमाण्डु टुडे २०८० चैत २० गते १५:५३ मा प्रकाशित

काठमाण्डु, २० चैत– नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार रहेका थिए । यही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउ पछि रिहा भईसकेका छन ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकारको रुपमा चिनिन्छ । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य समेत हुन ।

सुरक्षा विभागको नेतृत्वमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us