
काठमाण्डु, २६ साउन– अघिल्लो दिन फोहोर र झारले भरिएको सडक किनार भोलिपल्ट रुखका विरुवा रोपिएको देखेपछि तिनकुनेका बासिन्दा र पैदलयात्री अचम्ममा परेका थिए ।
ती विरुवा भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई देखाउन रोपिएका थिए । सरकारले झारा टार्ने र एक दुईदिन देखाउने मनसायले रातारात रोपेका ती विरुवा आवश्यक संरक्षणको अभावमा मर्न थालेका हुन् ।
मोदीको स्वागत तथा तयारीका लागि शनिबार ९साउन १७ गते० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सकिएलगत्तै मुख्यसचिव लीलामणि पौडेलले काठमाण्डु उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त भाइकाजी तिवारीलाई रातारात भए पनि तिनकुनेमा विरुवा रोप्न निर्देशन दिएका थिए ।
मोदी साउन १८ मा काठमाण्डु आई १९ गते फर्केका थिए । पौडेलको निर्देशनलगत्तै तिवारीले कीर्तिपुरस्थित बुढाथोकी नर्सरीबाट विरुवा मगाएर रोप्न लगाएका थिए ।
फोहोर र अव्यवस्थित सडकलाई हरियाली देखाउन सरकारले रुख रोपे पनि रेखदेख अभावमा ती विरुवा मर्न थालेका छन्
अन्नपूर्ण पोष्टबाट