राष्ट्रपति अनुमोदनको एमाले माग जायज: केसी

काठमाण्डु टुडे २०७१ साउन २५ गते ११:३० मा प्रकाशित

काठमाण्डु, २५ साउन– कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन गर्नुपर्ने एमालेको माग सही भएको बताएका छन् ।

arjun narsingh kc_20120922061538रिपोर्टर्स क्लबमा आइतबार भएको कार्यक्रममा केसीले सातबुँदे सहमतिको भावनाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन हुनुपर्ने एमालेको माग जायज र तर्कसंगत रहेको बतचाए ।

प्रमुख दुई सत्तारुढ घटकबीचको विवाद मिलाएर सहमति र सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको केसीको भनाइ थियो । ‘राष्ट्रपतिर उपराष्ट्रपति संसदबाट अनुमोदन गर्ने भनेर नै ७ बुँदे सहमति भएको हो’, केसीले भने, ‘एमालेको माग जाउज र तर्कसंगत छ, राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्छ ।’
केसीले काँग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकार सुस्त रहेको आरोप लगाए । काँग्रेसका मन्त्रीहरुमाथि उनले स्वेच्छारीको आरोप लगाए । यद्यपि सरकार परिवर्तनको माग भने जायज नभएको उनको भनाइ थियो ।

सरकार परिवर्तनको नाराले फेरि पनि संविधानसभाबाट संविधान बन्न नसक्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us