काठमाण्डु, २५ साउन– उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याइने भएको छ ।

श्रेष्ठको शव आजै मध्यान्ह एयर एम्बुलेन्समार्फत काठमाण्डु ल्याउन लागिएको हो । श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केहीबेर कमलादीस्थित प्रज्ञा भवनमा राखिने र शव यात्रासहित आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।
हनिमुन मनाउन भारत गएका बेला निमोनिया भएपछि उनलाई नयाँदिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो । ४७ वर्षीय श्रेष्ठको उपचारकै क्रममा गएराति निधन भएको हो ।