काठमाण्डु, २४ साउन– एकीकृत माओवादीमा विराटनगर राष्ट्रिय सम्मेलनयता जारी विवाद छिट्टै अन्त्य हुने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईबीचको छलफलपछि विवादले सकारात्मक मोड लिएको हो ।
प्रचण्ड र भट्टराईबीच शुक्रबार र शनिबार छलफल भएको थियो । ‘अध्यक्ष र बाबुराम कमरेडबीच लामो समयदेखि जीवन्त छलफल हुँदै आएको थियो’, प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेसँग भने, ‘हिजो र आजको छलफलबाट विवाद छिट्टै समाधान हुने देखिएको छ ।’
उनले भोलि हुने छलफलबाट विवादको अन्तिम टुंगो लाग्ने बताए ।
विभिन्न जिल्लामा समानान्तर कमिटी गठन गरेको भन्दै स्थायी कमिटीले भट्टराई पक्षधर पोलिट्ब्युरो सदस्य गंगा श्रेष्ठलाई तीन महिना र रामरिुभन यादवलाई एक महिना निलम्बन गरेपछि माओवादी विवाद उत्च्कर्षमा पुगेको थियो ।