
काठमाण्डु, १८ फागुन– प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री संसदमा हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री हराएको भन्दै खोजी गर्न सभामुखलाई ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको खोजी गर्नुपर्यो ।
संसदले उच्चस्तरीय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो ? खोजी गरियोस्’, निरन्तरको रुलिङ हुँदा पनि प्रधानमन्त्री जवाफ दिन नआएको बताएका छन ।
उनले बालकुमारी घटनालगायतका विषयमा सभामुखले फागुन ६ देखि प्रधानमन्त्रीलाई जवाफ दिन रुलिङ गरेपनि प्रधानमन्त्री अनुपस्थित नभएर छोरीको नगरपालिकातिर गएको आरोप लगाएका छन । उनले विवादित मन्त्रीहरुले राजीनामा नदिएसम्म र प्रमले जवाफ नदिएसम्म संसद नचल्ने घोषणा गरेका छन ।