संसदमा राष्ट्रपति बोल्दा ताली बजाउने एमालेले अनुमोदनको कुरा गर्न मिल्छ ?

काठमाण्डु टुडे २०७१ साउन २४ गते १३:०३ मा प्रकाशित

काठमाण्डु, २४ साउन– नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्ने एमालेको माग अवैधानिक र असान्दर्भिक Dilendra-baduरहेको बताएको छ ।
राष्ट्रपतिले संसदमा सम्बोधन गरिसकेको अवस्थामा अनुमोदनको कुरा उठाउनु सान्दर्भिक नभएको भनाइ काँग्रेसको छ ।

एमालेले राष्ट्रपति संसदबाट अनुमोदन गराउन तयार नभए सरकारबाटै बाहिरिने चेतावनी दिइरहेका बेला काँग्रेसले उक्त मुद्धा छाड्न भनेको छ ।

राष्ट्रपतिलाई संसदले चिन्दैन भन्ने एमालेले राष्ट्रपतिको सम्बोधनलाई समर्थन गरेर धन्यवाद ज्ञापन गरिसकेको छ’, शनिबार राजधानीमा भएको कार्यक्रममा काँग्रेस प्रवक्ता दिलेन्द्र बडूले भने, ‘एमालेले अहिले केको आधारमा अनुमोदनको कुरा गरिहेको छ ?’ उनले संविधान निर्माण प्रक्रिया ओझेलमा पार्न र सत्ता गठबन्धन कमजोर बनाउन एमालेले राष्ट्रपति अनुमोदनको विषय अघि सारेको आरोप लगाए ।

काँग्रेस र एमालेबीच संविधान जारी नगर्दासम्म सहकार्य जरुरी रहेको भन्दै बडूले एमालेले सरकारको आलोचना गर्न नसुहाउने बताए । बडूले सरकार परिवर्तनको हल्लालाई बेमौसमी बाजाको संज्ञा दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us