काठमाण्डु, २४ साउन– नेकपा– माओवादीका सचिव देव गुरुङले आदिवासी जनजाति समुदाय लोपोल्मुख हुने प्रक्रिया अघि बढेको बताएका छन् ।

२० औं विश्व आदिवासी जनजाति दिवसक अवसरमा आदिवासी जनजाति महासंघले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले भूमि र जनसंख्याबाट आदिवासी जनजाति विस्थापित भएको बताए ।
उनले यही क्रम जारी रहे अबको एक सय वर्षमा आदिवासी जनजाति लोप हुने बताए । राज्य एकल जातीय र साम्प्रदायिक भएका कारण जनजाति समुदाय सबै प्रकारका अधिकारबीहन हुँदै गएको उनको भनाइ थियो ।
‘एकल जातीय र साम्प्रदायिक राज्यसत्ताका कारण आदिवासी जनजातिहरु लोप हुने अवस्थामा पुगेका छन्’, गुरुङले भने, ‘यस्तै अवस्था रहने हो भने अबको यस वर्षमा जनजातिहरु लोप भएर जानेछन् ।’
गुरुङले पहिचानसहितको संघीयता नभए दोश्रोसंविधानभाबाट पनि संविधान जारी हुन नसक्दे दोहोर्याए । २०४६ सालको संविधान जारी गर्ने तयारी भइरहेको दाबी गर्दै उनले त्यसो गरिए आफूहरु संविधान त्यातेर आन्दोलनमा उत्रने चेतावनी दिए ।