
काठमाण्डु, ९ फागुन– पूर्वमन्त्री एवं कांग्रेस नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा प्रस्तुत गरेका छन । उनले भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन ।
उनले त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा प्रस्तुत गरेका हुन । नेता केसीले महासमिति बैठकमा लिखित मन्तव्य राख्दै भने, ‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ ’ देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’
उनले संविधान संशोधनका लागि परामर्शको थालनी कांग्रेसले लिनुपर्ने पनि बताएका छन । उनले निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन वाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको बताएका छन ।
उनले पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने पनि बताएका छन । १५ औं महाधिवेशन नियमित समय अनुसार २०८२ मंसिरभित्र हुनुपर्ने उनले बताएका छन ।