
काठमाण्डु, २४ साउन-२० औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघले अपराह्न काठमाण्डुको टुँडिखेलमा विशेष समारोह गर्दैछ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा शुभकामना सन्देश दिँदै संयुक्त राष्ट्रसंघीय महासचिव बान की मुनले सबैको साझा भविष्यका लागि आदिवासी जनजातिको अधिकार प्रवद्र्धन र रक्षामा एकजुट हुन पिल गरका छन् ।
जीवनयापन, भौतिक कल्याण, गरिमा र अधिकारको न्यूनतम मापदण्डसमेत पूरा नभएको र प्रगतिमा बाधा उत्पन्न हुँदा आदिवासी समुदायमा नकारात्मक प्रभाव पर्ने र यसले सम्पूर्ण समाजलाई असर गर्ने उनको भनाइ छ । ।
२०६८ सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको संख्या ९३ लाख ४८ हजार ९ सय ४ छ । यो कुल जनसंख्याको ३५ दशमलब २ प्रतिशत हो ।