पहिरोमा मृत्यु हुनेको संख्या चार पुग्यो, एक बेपत्ता

काठमाण्डु टुडे २०७१ साउन २४ गते २:३३ मा प्रकाशित

दोलखा,  २४  साउन–दोलखाको जिरीमा पहिरोले पुरिएर पहिरोमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

हराइरहेका फर्मुल तामाङ मृत फेला परेपछि मृतकको संख्या चार पुगेको दोलखा प्रहरी प्रमुख नायब उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

यसअघि २५ वर्षीय पेमा डोल्मा तामाङ, १२ वर्षीया सुष्मा जिरेल र ५ वर्षीय सुजल जिरेल मृत फेला परेका थिए । एक जना अझै बेपत्ता छन् ।
पहिरोमा पुरिएर  ८ जना घाइते छन् ।
जिरी–७ को सपार्क नजिकै  पहिरो जाँदा स्थानीयका पाँचवटा घरटहरा बगाएको छ ।
उनका अनुसार स्थानीय तारा तामाङ र जुना तामाङ बेपत्ता छन् । उनीहरुको खोजी जारी छ । घाइतेको जिरी र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये किर्तिमान जिरेल, आङदाबा शेर्पा र गुनाकुमारी सुनारको अवस्था गम्भीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us