सुनकोसी खुलाउन सेनाले पड्कायो २३ बम

काठमाण्डु टुडे २०७१ साउन २३ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, २३ साउन– नेपाली सेनाले सिन्धुपाल्चोकको माङखा गाविसस्थित जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउन शनिबार २३ वटा बम विस्फोट गराएको छ ।
सैीनक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा विस्फोटपछि पहिरोले बनेको कृत्रिम ताल घट्ने क्रममा रहेको उल्लेख छ ।

सेनाले जमेको पानीलाई जतिसक्दो गहिरो र फराकिलो निकास गराई अवरुद्ध कोदारी माजमार्गसमेत चाँडै खुलाउने प्रयास गरिएको जनाएको छ । शनिबार बिहान गएको पहिरो थुप्रिएर सुनकोसी नदीमा ५ मिटर अग्लो अस्थायी बाँध बनेको थियो ।

पहिरोमा पुरिएर १५६ जनाको ज्यान गएको थियो भने ५२ घरधुरीका चार सयभन्दा धेरै विस्थापित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us