त्रिवि हातामा बोराका बोरा कण्डम

काठमाण्डु टुडे २०७१ साउन २३ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, २३ साउन– मुलुकको प्रतिष्ठासँग जोडिएको कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको हातामा बोराका बोरा कण्डमा फेला परेको छ ।

boraत्रिविमा अध्ययनरत विद्यार्थी निपेश ढकालको अगुवाइमा गरिएको सरसफाईका क्रममा  कण्डमसहित करिब ४० बोरा फोहोर संकलन भएको हो ।

सरसफाईका क्रममा कण्डमसहित चकलेट, चाउचाउ, सुर्तीजन्य पदार्थका खोल, रक्सीसहित पेय पदार्थका बोत्तल र महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड भेटिएको ढकालले बताए ।

ढकालको अगुवाइमा गत जुन ५ तारिखमा विश्ववातारवण दिवको अवसर पारेर फोहोर संकलनकार्य सुरु गरिएको थियो । एक महिनाको प्रयासमा उक्त फोहोर संकलन भएको उनले बताए ।

ढकालको टोलीले फोहोर व्यवस्थापनका लागि विभिन्न २२ बुँदे सुझाव त्रिवि प्रशासनसमक्ष बुझाएको छ ।

सरसफाइका लागि त्रिविले मातहतका सबै ३२ वटै विभागमा तीन जनाका दरले परिचरको व्यवस्था गरेको छ ।

२०६२ सालमा त्रिवि केन्द्रीय विभागबाट गणित विषयमा स्नातकोत्तर ढकाल दुई वर्ष जर्मनीको म्युनिखस्थित एक प्राविधिक विश्वविद्यालयबाट वातावरण विषयमा स्नातकोत्तर सकेर गत वर्ष नेपाल फर्किएका थिए ।

बेलायतमा अध्ययनका क्रममा वातावरण सरसफाइबारे सिकेको ज्ञान स्वदेशमा प्रयोग गरेको उनले जनाए ।

dhakal

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us