चरीको शवमा ओलीले एमालेको झण्डा ओढाउने

काठमाण्डु टुडे २०७१ साउन २३ गते ५:५२ मा प्रकाशित

काठमाण्डु, २३ साउन–  नेकपा एमालेले गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को शवमा पार्टी झण्डा ओढाउने भएको छ ।

umlधादिङका एमाले केन्द्रीय सदस्य खेम लोहनीले चरीको शवमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी झण्डा ओढाउने बताए ।

चरी एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्वअध्यक्ष हुन् । ‘उहाँको शवमा अध्यक्ष केपी ओलीले बकाइदा झण्डा ओढाउनु हुन्छ’, लोहनीले काठमाण्डु टुडेसँग भने, ‘पार्टी कार्यकर्ताको शवमा झण्डा नउढाउने कुरै भएन ।’

यद्यपि लोहनीले चरी हत्यामा संलग्न र आदेश दिने प्रहरी अधिकारीमाथि कारबाही हुने सुनिश्चित आधार तयार नभएसम्म चरीको शव नबुझ्ने बताए । एमालेले चरीको प्रहरीसँगको मुठभेडमा नभई पक्राउ गरेर हत्या गरिएको दाबी गर्दै आएको छ ।

चरीको शव बुधबारदेखि त्रिवि शिक्षण अस्पतालको मुर्दा घरमा छ ।
लोहनीले उनलाई सहिद घोषणा गर्नुपर्ने माग भने भनिएको बताए । ‘सहिद घोषणा हुनुपर्छ भनेका छैनौं’, लोहनीले भने, ‘त्यसबारे पार्टीमा छलफल हुन्छ ।’
प्रहरीको फरार सूचीमा रहेका चरी बुधबार काठमाण्डु र धादिङको सीमानामा पर्ने भीमढुंगामा प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us