
सिन्धुपाल्चोक, २३ साउन– सिन्धुपाल्चोकको बाँसखर्कमा माथिबाट खसेको पहिरोले घर पुरिँदा एक दम्पत्तिको मुत्यु भएको छ ।
अरिबल वर्षासँगै बाँसखर्क–३ मा गएराति ११ बजेको समयमा घर पुरिँदा स्थानीय ३६ वर्षीय वाङदेल थिङ र उनकी श्रीमती ४० वर्षीया मोतीको ज्ययान गएको जिल्ला प्रहरीले कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
घरको खण्डहरमा पुरिएको उनीहरुको शव निकाल्न स्थानीय र प्रहरी टोली सक्रिय छ ।